×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटो शोको ‘मैझारो’ : बिवाईडीले राष्ट्रघाती काम सच्यायो, गाडी बुकिङ धमाधम रद्ध हुँदै !

LAXMI SUNRISE BANK
GLOBAL

नाडा अटो शोको ‘मैझारो’ : बिवाईडीले राष्ट्रघाती काम सच्यायो, गाडी बुकिङ धमाधम रद्ध हुँदै !

१७ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नाडा अटो शो सम्पन्न भएको छ । गत भदौ ११ गतेबाट सुरु भएको नाडा अटो शो अन्तत: आइतबार समापन भएको हो ।

विवाईडीले गरेको ‘राष्ट्रघाती’ कामले सुरुवाती चरणमै विवादमा तानिएको शो सकिँदै गर्दा बिवाईडीले आफ्नो गलत काम भने सच्याएको छ । हजारौंले हेर्ने नाडा अटो शोको नाकैमा नेपालको चुच्चे नक्सा नै गायब गरेर ‘राष्ट्रघाती काम’ गरेको बिवाईडीले अन्तिममा आफ्नो काम सच्याएको हो ।

बिवाईडीले गरेको हर्कतका विषयमा अर्थ सरोकार डटकमले समाचार सार्वजनिक गरेपछि अन्तत: बिवाईडीले आफ्नो गलत काम सच्याएको हो ।

गाडी बुकिङ धमाधम रद्ध हुँदै !
नाडा अटो शोको बीचतिर गाडी बुकिङ बढेपनि अन्तिम समयमा भने गाडी बुकिङ नै रद्ध हुन थालेका छन् । केहि समयभित्रै गाडीको मूल्य ह्वात्तै घटेर आउने प्रक्षेपण, विधुतीय गाडी दुर्घटनामा परेका खबर लगायतले गाडी बुकिङ रद्ध भएको एकातर्फ देखिएको छ भने अर्कोतर्फ बजारमा सेयरको भाउ घटेपछि केहि समय अगाडी महँगो मूल्यमा सेयर बेचेर गाडी बुक गरेकाहरु गाडी बुकिङ रद्ध गरेर सेयर किन्न थालेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी