×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चियाको निर्यात ५२ प्रतिशतले बढ्यो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चियाको निर्यात ५२ प्रतिशतले बढ्यो 

८ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो १ वर्षमा नेपालबाट चियाको निर्यात ५० प्रतिशतभन्दा बढिले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौ महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको हो । 

साउन र भदौ महिनामा मात्रै काँकरभिट्टा नाकाबाट १ अर्ब १३ करोड ३४ लाख मूल्य बराबरको ४ हजार ४ सय १२ मेट्रिक टन चिया भारत निर्यात भएको छ ।

जबकी गत आर्थिक वर्षको साउन र भदौमा २ हजार ९ सय २ टन मात्रै चिया निर्यात भएको थियो । प्रतिकुल मौसम र खडेरीका कारण दक्षिण भारतमा चियाको उत्पादन घटेसँगै नेपालबाट चियाको निर्यात बढेको चिया उत्पादक व्यवसायीहरुको भनाई छ ।

नेपालबाट भारतबाहेक चीन, अमेरिका, जापान लगायतका देशमा चिया निर्यात हुँदै आएको छ । 

हाल नेपालमा चियाको निर्यातबाट मात्रै वर्षेनी ३ करोड ८० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भइरहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । चिया उत्पादनमा लगानी वृद्धि गर्ने र किसानलाई प्रोत्साहन गर्ने नीति लिए चियाको निर्यातबाटै ठूलो विदेशी मुद्रा नेपाल भित्र्याउन सकिने उद्योगीहरुले बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी