×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनमा विकास बैंकले ८५ करोड बढी नाफा कमाए, कुन बैंकको नाफा कति ?

LAXMI SUNRISE BANK
GLOBAL

साउनमा विकास बैंकले ८५ करोड बढी नाफा कमाए, कुन बैंकको नाफा कति ?

१ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साउन महिनामा विकास बैंकले ८५ करोड बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विकास बैंकहरुले ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

१७ विकास बैंकमध्ये ११ बैंक नाफामा छन् भने ६ बैंक घाटामा छन् । साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक,  महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, सिन्धु विकास बैंक, सल्पा विकास बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकले नाफा आर्जन गरेका छन् ।

यता, घाटा बेहोर्नेमा एक्सेल डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैंकले घाटा बेहोरेका छन् ।

एक महिनाको अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । यसले २० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

त्यस्तै, सबैभन्दा धेरै घाटा बेहोर्नेमा भने एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । सो बैंकले ६ करोड ३७ लाख रुपैयाँ घाटा बेहोरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी