काठमाडौँ । नेपाल राष्ट्र बैंङ्कले नोट छपाइमा हुने लागत कम गर्ने र नोट व्यवस्थापनलाई सहज गर्ने उद्देश्यले यसपालि दशैँदेखि नयाँ नोटको सट्टामा सफा नोटको नीति ल्याएको बताएको छ ।
राष्ट्र बैंकका सह प्रवक्ता डिल्लीराम पोखरेलले नोट सटिङ गर्दा चलाउन योग्य नोट धेरै हुने भएकाले सफा नोटको प्रयोगलाई अधिकतम बढाउनका साथै सटिङ, छपाइको लागतलाई कम गर्ने उद्देश्यले सफा नोटको व्यवस्था गरेको जानकारी दिएका छन् ।
‘पहिला दशैँमा नयाँ नोट मात्र सटही हुन्थ्यो । तर राष्ट्र बैंकले सफा नोट नीति अवलम्बन गरेको छ । बजारमा भएको नोटहरुलाई वित्तिय संस्था र राष्ट्रिय बैंकमा ल्याइसकेपछि सटिङ गर्छौं र चलाउन मिल्ने नोट एकतिर साथै नचल्ने अर्कोतिर राख्छौँ । अयोग्य नोटहरु जलन गर्दछौँ । सटिङ गरेका चलाउनयोग्य नोटहरु प्रशस्त मात्रमा छन ।’, उनले भने, ‘त्यसैले नोट व्यवस्थापनलाई सहज बनाउन र नोट छपाइमा लाग्ने लागत पनि घट्ने भएकाले नयाँ नोटको साटो सफा नोट सटही सुविधा सुरु गरेको हो ।’
त्यस्तै, उनले दशैँमा आम जनतामा नयाँ नोट चलाउने बानी परेपछि खिन्न लाग्नु स्वभाविक रहेको भन्दै विस्तारै सबैलाई बानी पर्दै जाने उल्लेख गरेका छन् ।

राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षित गर्दै सर्वसाधारणका लागि आइतबारदेखि सफा तथा सुकिला बैंक नोट सटही सुविधा सुरु गरेको छ । सोमबार पनि सफा नोट सटहीका लागि बिहानदेखि नै सवैसाधारणको भीड लागेको छ । दशैँमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेर नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाएको हो ।
साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । विगतका वर्षका एकपटक प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्