×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

६ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध गरेको अभियोगमा प्रहरीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई भुक्तपुरको उनकै घरबाट पक्राउ गरेको हो ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेको थियो ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर ब्यरोमा जाहेरी दिएका थिए । उक्त जाहेरी खारेजीको माग राख्दै शनिबार प्रसाईका समर्थकहरुले विरोध प्रदर्शन गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी