काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण मागेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले नेपाल प्रहरी र सरकारसँग प्रसाईं पक्राउको कारण माग गरेको हो ।
प्रसाईं पक्राउ परेपछि प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो र जिल्ला अदालत काठमाडौँसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण मागेको सर्वोच्चका सूचना अधिकारी गोबिन्दप्रसाद घिमिरेले बताएका छन् ।
प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की एक नेतृले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले आइतबार उनकै घरबाट पक्राउ गरेको थियो ।
उनी पक्राउ परेपछि जिल्ला अदालत काठमाडौँले पनि प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । तर, प्रसाईंलाई गैरकानूनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै प्रसाईंका छोरा निराजनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्