Skip to content
LAXMI SUNRISE BANK

अमेरिकी केन्द्रिय बैंकले ४ वर्षपछि ब्याजदर घटायो

अर्थ सरोकार

काठमाडौँ । अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गरेको छ । फेडरल रिजर्भले चार वर्षपछि ०.५० प्रतिशतले ब्याजदर कटौती गरेको हो ।

५.२५ देखि ५.५० प्रतिशत रहेको ब्याजदर ०.५० प्रतिशतले घटेसँगै ४.७५ देखि ५ प्रतिशतसम्म कायम भएको छ ।

बेरोजगारी दर र मूल्यवृद्धि दुवैमा आशलाग्दो परिणाम देखिन थालेपछि फेडले ब्याजदर कटौतीको निर्णय गरेको हो । ब्याजदर कटौतीले श्रम बजारको मन्दी थप घटाउन मद्दत पुग्ने अन्तराष्ट्रिय संचारमध्यमहरुले जनाएका छन् ।

पछिल्लो एक वर्षमा अमेरिकी बेरोजगार दर ४ बाट बढेर ४.४ प्रतिशत पुगेको छ भने मूल्यवृद्धि २.६ बाट घटेर २.३ प्रतिशतमा झरेको छ । मूल्यवृद्धिलाई २ प्रतिशत सीमामा झार्ने लक्ष्य लिइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK