काठमाडौँ । पछिल्लो एक महिनामा फाइनान्स कम्पनीहरुले १४ करोड बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा फाइनान्स कम्पनीहरुले १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
हाल संचालनमा रहेका १७ फाइनान्स कम्पनी मध्ये १२ फाइनान्स नाफामा देखिएका छन् भने ५ फाइनान्स कम्पनी घाटामा देखिएका छन् ।
यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा प्रोग्रेसिभ फाइनान्स रहेको छ । यसले एक महिनामा ८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, धेरै नाफा कमाउनेको सुचिमा दोश्रो स्थानमा आइसीएफसी फाइनान्स रहेको छ । यसले २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यता, घाटा बेहोर्नेमा बेस्ट फाइनान्स, पोखरा फाइनान्स,समृद्धि फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र नेपाल सेयर मार्केट एन्ड फाइनान्स रहेका छन् । ति मध्ये सबैभन्दा धेरै घाटा बेहोर्नेमा समृद्धि फाइनान्स रहेको छ । यो कम्पनीले ८ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्