×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै साँढे २ लाखसम्म पुग्ने दाबी !

LAXMI SUNRISE BANK
GLOBAL

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै साँढे २ लाखसम्म पुग्ने दाबी !

३० भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

शुक्रबार प्रतितोला एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पाँच सय रुपैयाँले बढेर एक लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि गत भदौ २८ गते सुनको मूल्यले हालसम्मकै उच्च बिन्दु कायम गरेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसरी नै सुनको मूल्य दिनानु दिन बढ्दै जाने हो भने छिट्टै सुनको मूल्य साँढे दुई लाखसम्म पुग्ने जानकारहरुले बताएका छन् ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३४ हजार ४ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६२९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी