×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य बढ्ने क्रम रोकिएन, फेरी ५ सय रुपैयाँले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्य बढ्ने क्रम रोकिएन, फेरी ५ सय रुपैयाँले बढ्यो

११ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा पाँच सय रुपैयाँले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी