काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार पनि सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८०० रुपैयाँले घटेर एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १८८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३३ हजार ४ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६१२ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।