×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, छिट्टै तोलाको दुई लाख पुग्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, छिट्टै तोलाको दुई लाख पुग्ने !

८ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।
सोमबार प्रतितोला एक लाख ५९ लाख दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५०० रुपैयाँले बढेर एक लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३६ हजार ९ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६४२ रुपैयाँ कायम गरेको छ ।
केहि दिन यता सुनको मूल्य निरन्तर बढिरहेको छ। अव छिट्टै सुनको मूल्य दुई लाख पुग्ने जानकारहरुको भनाई छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी