×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्जाको ब्याजदर तीन वर्षयताकै सस्तो, औसत ब्याजदर ९.६८ प्रतिशत कायम

LAXMI SUNRISE BANK

कर्जाको ब्याजदर तीन वर्षयताकै सस्तो, औसत ब्याजदर ९.६८ प्रतिशत कायम

४ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाणिज्य बैंकहरुले लिने कर्जाको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले लिने कर्जाको ब्याजदर औसत ०.२५ प्रतिशतले घटेको हो ।

कर्जाको ब्याजदर ०.२५ प्रतिशतले घटेर औसत ९.६८ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले लिने कर्जाको औसत ब्याजदर १२.२४ प्रतिशत थियो । हाल कायम भएको ब्याजदर तीन वर्षयताकै सस्तो हो । अर्थतन्त्रमा शिथिलता आएसँगै कर्जाको माग घटेपछि ब्याजदर पनि घट्दो क्रममा देखिएको छ ।

बैंकहरुले गत कात्तिक महिनादेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको लागत घट्न गई आधारदर (बेस रेट) सस्तिँदा कर्जाको ब्याजदर पनि थप घटेको हो ।

बैंकहरूको औसत ब्याजदर ९.६८ प्रतिशतमा आएसँगै कतिपय कर्जाको ब्याजदर एकल अंकमा आएको छ । कृषि, वन र पेय पदार्थ उत्पादन, माछापालन, बिजुली, ग्यास र पानी, धातु उत्पादन, मेसिनरी, इलेक्ट्रोनिक उपकरण, थोक बिक्रेता र खुद्रा बिक्रेता तथा  वित्त, बिमा र घर जग्गा लगायतका कर्जाको ब्याजदर एकल अंकमा झरेको छ  ।

त्यस्तै, यातायात, सञ्चार र सार्वजनिक उपयोगिताका, होटल वा रेस्टुरेन्ट र अन्य सेवा क्षेत्रमा प्रवाह हुने कर्जाहरुको औसत ब्याजदर एकल अंकमा नरहे पनि गत वर्षको तुलनामा उल्लेखीय रुपमा घटेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी