×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दशैँ खर्चकै लागि बजारमा सेलिङ प्रेसर आउँदैन’- जय शम्भो

LAXMI SUNRISE BANK
GLOBAL

‘दशैँ खर्चकै लागि बजारमा सेलिङ प्रेसर आउँदैन’- जय शम्भो

३० भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक अजयसिंह थापा (जय शम्भो)ले चाडबाडमा सेलिङ प्रेसर आउँछ भन्नु गलत भएको बताएका छन् । अर्थ सरोकारको साप्ताहिक कार्यक्रम ‘सेयरबाणी’मा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

थापाले दशैँ नजिकिएसँगै अहिले धेरैले चाडवाडमा सेलिङ प्रेसर आउँछ, बजार घट्छ भनिरहेको भए पनि वास्तवमा दशैँ खर्चकै कारण बजारमा सेलिङ प्रेसर नआउने बताएका छन् । 

‘दशैँमा सेयर बेचेर कसैले पनि घरजग्गा किन्दैन । दशैँमा सेयर बेच्ने भनेको जुत्ता किन्न, लुगाकपडा किन्न वा प्लेन टिकट जोहो गर्न हो । १५-२० करोडको पोर्टफोलियो भएको लगानीकर्तालाई दशैँ खर्च निकाल्न सेयर नै बेच्न पर्छ र ?’, थापाले भने, ‘त्यसैले दशैँमा प्रफिट बुक गर्दा बजारमा सेलिङ प्रेसर आउँछ भन्नु गलत हो । दशैँ खर्चले बजार प्रभावित हुँदैन ।’ 

तर, केही हदसम्म चाडबाडमा लगानीकर्ता व्यस्त हुने र अन्य समयको तुलनामा कम ट्रेडिङ हुन्छ भन्ने चाहिँ सत्य रहेको भन्दै थापाले इन्भेष्ट गर्नेका लागि यो सही समय भएको पनि बताएका छन् । थापासँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी