काठमाडौँ । काठमाडौँ उपत्यकामा बस्दै आएका थारु तथा मधेसी समुदायका सदस्यले जितिया पर्व मनाउँदैछन् । जितियाको अवसर पारेर थारु समुदायका सदस्यहरु उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक पोशाकमा सजिएर भेला भएर जितिया मनाइरहेका छन् ।
३ दिने जितिया पर्वमा विशेषतः आमाहरुले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्ने गर्छन् ।
सोमबारदेखि सुरु भएको यो पर्वको सुरुवाती दिन सोमबार मिथिलाञ्चलका साथै नेपालका अन्य स्थानमा छरिएर बसेका थारुहरुले ‘नहा खा’ अर्थात् नुहाएर खाने विधी सुरु गरेका थिए । आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।
आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा अनुसार हिजो बिहान ४ बजेदेखि शुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज अपराह्न ५ बजे समापन गरिँदैछ । यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, सखर, भिजाएको केराउ, दहीच्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ ।
सोही अवसरमा ललितपुरको गुसिङ्गलस्थित बागमती नदी किनारामा मधेसी समुदायका नारीहरुले जितिया पर्व मनाएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्