×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयल निगममा जागिरको अवसर, कसरी दिने आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल आयल निगममा जागिरको अवसर, कसरी दिने आवेदन ?

Artha Sarokar

२८ भाद्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल आयल निगमले जागिर खुलाएको छ । निगमले प्रबन्धकदेखि टेक्निसियनसम्मका लागि जागिर खुलाएको हो ।

आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै निगमले जागिर खुलाइएकोबारे जानकारी दिएको छ । निगमले प्रबन्धक (प्रशासन) १ जना, प्रबन्धक (मेकानिकल) १ जना, उपप्रबन्धक (सिए) १ जना, सहायक प्रबन्धक (प्रशासन) ५ जना, सहायक प्रबन्धक (लेखा) ३ जना, सहायक प्रबन्धक (मेकानिकल) १ जना र सहायक प्रबन्धक (सिभिल) १ जना माग गरेको छ ।

निगमले सहायक प्रबन्धक (इलेक्ट्रोनिकक्स एण्ड कम्युनिकेसन) १ जना, सहायक प्रबधन्धक (इन्भारोमेन्टल) १ जना, सहायक प्रबन्धक (ल्याब) २ जना र सहायक प्रबन्धक (कानून) १ जना मागेको छ ।

त्यस्तै, वरिष्ठ सहायक (प्रशासन) १ जना, वरिष्ठ सहायक (लेखा) ३ जना, वरिष्ठ सहायक (मेकानिकल) १ जना, वरिष्ठ सहायक (सिभिल) १ जना, वरिष्ठ सहायक (ल्याब) १ जना, वरिष्ठ सहायक (कम्प्युटर/आई.टी) १ जना, सहायक (ल्याब) १ जना, सहायक (कम्प्युटर/आई.टी) ३ जना र टेक्निसियन/तह विहीनमा ४ जना कर्मचारी माग गरेको छ ।

निगमले माग गरेका विभिन्न पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना जारी भएको २१ दिनभित्र आवेदन दिनुपर्नेछ भने दोब्बर दस्तुरमा म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फारम पेश गर्न सकिनेछ । आवेदन मार्फत https://erecruitment.nepaloil.org.np/users/login दिन सकिनेछ । यस्तो छ निगमले जारी गरेको रोजगारीसम्बन्धी सूचनाः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी