काठमाडौँ । बाढी पहिरोले नेपाली भान्सामा प्रभाव पारेको छ । देशभर भारी वर्षा र बाढी पहिरो आउँदा नेपाली भान्सा दोब्बरले महँगिएको हो ।
बाढी र पहिरोले वितण्डा मच्चाउँदा सडक अवरुद्ध हुँदा बजारमा हरियो तरकारी तथा फलफूल आउन सकेको छैन । जसका कारण स्टकमा भएको तरकारी पनि महँगिएको उपभोक्ताले गुनासो गरेका छन् ।
अहिले नेपाली बजारमा हरियो खुर्सानी र बोइलर कुखुराको मासुको भाउ लगभग उस्तै भएको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारले दैनिक सार्वजनिक गर्ने मूल्य सुचीमा हरियो खुर्सानीको भाउ प्रतिकेजी २०० भएतापनि बजारमा हरियो खोर्सानी प्रतिकेजी ४०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यता, बोइलर कुखुराको मासु ४५० देखि ४८० सम्म रहेको छ ।
तरकारी आउने सडक मात्रै नभई बल्खु लगायतका तरकारी बजार पनि डुबानमा परेका छन् । वर्षा कम भएसँगै केही तरकारीहरू सस्तो हुँदा राहत महसुस गरेका उपभोक्ताहरू वर्षाको कारण पुनः मारमा परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्