Skip to content
LAXMI SUNRISE BANK

जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय 

अर्थ सरोकार

काठमाडौँ । सरकारले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो । 

यसअघि अधिकांश स्थानीय तहले भूउपयोगी नीति नबनाउँदा जग्गाको कित्ताकाट रोकिएर समस्या सृजना भएको थियो । पछि सरकारले एक वर्षको समयावधि दिएर सम्पूर्ण पालिकालाई जग्गा वर्गीकरण गर्न निर्देशन दिएको थियो । 

तर, अधिकांश पालिकाहरुले सरकारको उक्त निर्देशन अटेर गर्दै जग्गा वर्गीकरण नगरेपछि समस्या सृजना भएको थियो । हाल सरकारले जग्गा वर्गीकरणको समय थप गर्न भू-उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गर्ने तयारी गरेको छ ।

नियमावलीअनुसार पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि जग्गा कित्ताकाट गर्न पाउनेछन् । भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले पनि बैठकबाट एक वर्षका लागि कित्ताकाट खुला गर्ने निर्णय भएको जानकारी दिएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK