काठमाडौँ । यति, बुद्ध र श्री एयरलाइन्सले विपतमा हवाई भाडा महँगो बनाएको भन्दै गुनासो बढेको छ । देशभर बाढी पहिरोले बितण्डा मच्चाउँदा मुख्य राजमार्ग नै अवरुद्ध भएको छ । सडक आवतजावत ठप्प हुँदा एयरलाइन्सले मनपरी शुल्क बढाएको भन्दै गुनासो बढेको हो ।
एयरलाइन्सले मनपरी धन्दा चलाएको भन्दै सामाजिक संजालमा गुनासो बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी शुल्क नलिन एयरलाइन्सहरुलाई आग्रह गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेख्दै विपत्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न एयरलाइन्सहरुलाई आग्रह गरेका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरु बेला भन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ। नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ। हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नु पर्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्