काठमाडौँ । सोमबार काठमाडौंको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको छ ।
नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । इन्द्रजात्रा सुरु भएसँगै बसन्तपुरमा विभिन्न पूजा हुने गर्छन् । पूजाहरूमध्ये सामूहिक कुमारी पूजा पनि एक महत्त्वपूर्ण पुजा हो ।
महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ । बाँकी तस्वीरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्