काठमाडौँ । सेयर लगानीकर्ता मनिष अर्यालले सेयर बजारको रफ्तार अझै बाँकी रहेको बताएका छन् । अर्थ सरोकारको साप्ताहिक कार्यक्रम ‘बजार विमर्श’ मा बोल्दै अर्यालले यस्तो बताएका हुन् ।
उनले यसअघि लगानीकर्ताले देखेको बजारको रफ्तार सुरुवात मात्रै भएको भन्दै अर्यालले आगामी दिनमा लगानीकर्ताले बजारमा त्यो भन्दा पनि तिव्र रफ्तार देखिने बताएका छन् ।
‘मेरो अनुभवले भन्छ, बजार अहिलेको भन्दा पनि रफ्तारले अघि बढ्छ ।’, अर्यालले भने, ‘३००० हजार पुग्दैगर्दा लगानीकर्ताको मनोबल जति बलियो थियो, अब बजार बढ्दा मनोबल दुई गुणा हुन्छ । त्यसैले पनि अबको र्यालीमा बजार यसअघिको भन्दा पनि रफ्तारमा माथि जान्छ ।’
उनले अघिल्लो पटकको बुलमा पनि पहिलो करेक्सनपछि बजारमा ‘भिसेप रिकभरी’ भएको भन्दै यसपालि पनि ‘भिसेप रिकभरी’ को संकेत देखिएको बताएका छन् ।
त्यस्तै, अर्यालले अहिले बजार लगानीको अभावले भन्दा पनि लगानीकर्ताको सेन्टिमेन्टले घटेको भन्दै सेन्टिमेन्ट ब्याक हुनेबित्तिकै बजारमा पनि गज्जबको बाउन्स ब्याक हुने बताएका छन् । अर्यालसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्