×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई १ करोड सहयोग गर्ने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई १ करोड सहयोग गर्ने 

१४ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई १ करोड बढी रकम सहयोग गर्ने घोषणा गरेका छन् । 

अविरल वर्षापछि देशभर बाढीपहिरोले मच्चाएको वितण्डाबाट पीडित भएका नागरिकहरुको लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने गुरुङले घोषणा गरेका हुन् । 

बाढीपहिरोबाट विस्थापित भएका नागरिकको उद्धारका लागि सरकारी राहत कोषमा उक्त रकम जम्मा गर्न लागेको गुरुङले बताएका छन् । विपत्तिमा सहयोग गर्नु जिम्मेवार नागरिकको दायित्व भएको भन्दै सरकारमार्फत पीडितलाई सहयोग पठाउन लागेको गुरुङको भनाई छ । 

गुरुङले बाढीपहिरो पीडितको सहयोगार्थ घोषणा गरेको रकम सरकारमार्फत आवश्यकताअनुसार पीडितसम्म पुर्याइनेछ

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी