काठमाडौँ । प्रवेशद्वार नजिकै नेपालको नक्सामा रहेको लिम्पियाधुरा र कालापानीको नक्सा नै गायब पारेर बिवाईडी नामक कम्पनीले मनपरी गरेपछि ‘राष्ट्रघात’को बात लागेको नाडा अटो शो अन्तत सकिएको छ । कमजोर व्यवस्थापन, र अवलोकनकर्ताको कम चासोका बीच अध्यक्ष करण चौधरीलाई असफल बनाउन नाडाभित्रकै एक गुट सक्रिय भएर लागेपछि शोलाई जवर्जस्त विवादमा मात्र तानिएन, त्यसको असर भविष्यमा थप देखिँदै जाने अनुमान गरिएको छ ।
चौधरीलाई असफल देखाउन चिठ्ठाका नाममा मुख्य प्रायोजकलाई दिईएको कमजोर स्थान, नेपालकै नक्सा पूरानो राखेर गरिएको विवाद, कमजोर व्यवस्थापन र बजारीकरणका देखिएको कम उल्लासले एकातर्फ नाडालाई ‘असफल’ बनाएको विश्लेषण गरिएको छ भने अर्कोतर्फ निरन्तरको झरीलेसमेत कम अवलोकनकर्ता आएपछि शो थप फ्लप बनेको विश्लेषण जानकारहरुको छ ।
नाडा अटो शोकै समयमा विद्युतीय गाडीमा देखिएको कमजोरीका कारण गाडी दुर्घटनामा पर्नु, इभिका समस्याहरु एक एक गरी बाहिर ल्याउन एक गुट नै सक्रिय रुपमा लाग्नु र इभिको मूल्य अर्को बर्ष ह्वात्तै घट्ने प्रक्षेपण स्वयम् नाडाभित्रकै अधिकारीहरुले संचारमाध्यमलाई ब्रिफिङ गर्नुले पनि नाडा थप असफल भएको हो ।
थुप्रै गाडी कम्पनीहरुले कालोबजारी गर्न खुलेआम छुट पाएको सो शो अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए । प्रधानमन्त्रीले काभ्रेमा पुगेर हुन्डाईको हाइड्रोजन कार उद्घाटन गरेपछि नाडालाई यसपटक थप नैतिक संकट देखिएको थियो । बाहिर सयौं गाडी बुक भएको भनिएपनि गाडी अर्को बर्ष ह्वात्तै मूल्य घटेर आउने भएपछि सो गाडीका बुक भकाभक रद्ध गरिएका छन् । सेयर बेचेरै गाडी बुक गरेकाहरुले त झन् सेयरको भाउ घटेपछि बुकिङ रद्ध गरेर बजारमै प्रवेशको तयारी गरेका छन् ।
शोभरि चिनियाँ गाडीको प्रभुत्व बढी भएपछि धेरैले शोलाई चिनियाँ मालसामानको मेला भनेर उपनामसमेत दिईरहेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्