×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटो शो धेरैपछि ‘फ्लप’ ! धन्न इमानले जोगाइदियो नाक !

LAXMI SUNRISE BANK
GLOBAL

नाडा अटो शो धेरैपछि ‘फ्लप’ ! धन्न इमानले जोगाइदियो नाक !

१६ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गाडीहरुको कुम्भमेलाका रुपमा परिचित नाडा अटो शो धेरैपछि ‘फ्लप’ भएर सकिएको छ । कमजोर बजारीकरण तथा प्रचार प्रसार, चिनियाँ गाडीको मात्र प्रमोसन, मुख्य प्रायोजकलाई गरिएको हेपाईपूर्ण व्यवहार, अध्यक्ष चौधरीलाई असफल बनाउन गुट नै सक्रिय, र बिवाईडी नामक गाडी बिक्रेता कम्पनीले गरेको ‘राष्ट्रघाती काम’ ले मात्र नभई मौसमले समेत साथ नदिँदा अपेक्षित अवलोकनकर्ता नभएपछि सो ‘फ्लप’  देखिएको हो ।

अझ, गाडी बुक गरेकाहरुले भकाभक बुकिङ नै क्यान्सिल गर्न थालेपछि र गाडी किन्ने योजना बनाएकाहरुले पनि केहि समयभित्रै गाडी थप सस्तो हुने खबरपछि गाडी किन्ने योजना रोकेपछि शो थप असफल भएको हो ।
यसो त नाडामा अघिल्लापटकमा जस्तो ‘चार्म’ पनि थिएन । नाडाका नाममा विभिन्न संचारमाध्यमहरुमा चल्ने नाडा विशेष कार्यक्रम तथा प्रकाशन यसपटक निकै कम भए भने नाडा शोका विषयमा हुने विभिन्न चर्चा परिचर्चा पनि निकै कम देखिए ।
धन्न ! आर्थिक मिडिया संचालकहरुका विभिन्न संगठनमध्येको एक इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले  गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्र्तक्रिया कार्यक्रमले चर्चा पाएपछि नाडाको थोरै भए पनि इज्जत जोगिएको छ । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसहित केहि गन्यमान्य व्यक्तिहरु उपस्थित थिए ।
अहिले मिडियाहरुमा पनि इमानको सोहि कार्यक्रमले स्थान पाईरहेको छ । इमानले यसअघि पनि नाडासँगको सहकार्यमा मौद्रिक नीतिबारे कार्यक्रम गरेको थियो । इमानको कार्यक्रमको चर्चासँगै नाडाकै अधिकारीहरुले इमानकै कारण नाडा अटो शोको नाक जोगिएको प्रतिक्रिया दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी