काठमाडौँ । नेपाल बार एसोसिएसनले अवकाशमा जान लागेका प्रधानन्यायाधीशले बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरेको छ । बुधबार उपत्यकास्थित बार एकाइहरूमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरु नेपाल बार एशोसिएसनको प्राङ्गणमा उपस्थित भइ विरोध प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा अधिवक्ता यज्ञमणी न्यौपानेले नियमावली गैर संवैधानिक रहेको भन्दै नियमावली खारेज गर्न सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरण बाहेकका मुद्दा ठप्प गर्नुको अर्को विकल्प नरहेको बताए ।
कार्यदलको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, गैर संवैधानिक न्याय परिषद् नियमावली खारेज गर्नुपर्ने, न्यायपालिकामा कानून व्यवसायीको सम्मानजनक सहभागिता सुनिश्चित गर्नुपर्ने, न्यायपालिकाभित्रको विकृति, विसंगतिको अन्त्य गर्नुपर्ने लगायतको माग बारले राखेको छ ।
बारले न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति आफ्नो असहमति जनाउँदै अविलम्ब खारेज गर्न सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्