काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५ .४६ अंकले घटेर २७०१.९० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्बमाथिको कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै कारोबार सीइडीबी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४२ करोड १९ लाख २५ हजार २ सय १० रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आइतबार महुली लघुवित्तसहित ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, थ्री स्टार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्