काठमाडौँ । लगातार केहि दिनयता निरन्तर घटिरहेको सेयर बजारमा बिहीबार उछाल आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ बिन्दुमा पुगेको हो । नेप्से सूचक बढेसँगै सेयर लगानीकर्ता पनि उत्साहित भएका छन् ।
नेप्सेमा कुल ३ सय १८ कम्पनीको एक करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्बमाथिको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ४७ करोड ६५ लाख ८ हजार ९० रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज विन नेपालसहित ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्