काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २४ कम्पनीको दुई करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्बमाथिको सेयर कारोबार भएको छ ।
दिनभर बिक्रीकर्ताहरु बजार हेरेर अन्तिम समयमा हाबी हुँदा र २ बजेसम्ममा खरिद गरिरहेका खरिदकर्ताहरु थप आउन नसक्दा बजार अन्तिम समयमा तिब्र गतिमा घटेको जानकारहरुको दाबी छ ।
आज सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ६४ करोड ३८ लाख ६६ हजार ७ सय ८० रुपैयाँ ४० पैसा बराबर कारोबार भएको छ । त्यस्तै, आइतबारको बजारमा रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिभर फल्स पावरसहित आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्