काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५४.०३ अंकले घटेर २५८०.७६ बिन्दुमा पुगेको हो ।
ब्याजदर घट्दा पनि बजार ह्वात्तै घट्दा लगानीकर्ता निराश भएका छन् । त्यस्तै, आज वाइकोले दिएको सफ्टवेयर ह्याक भएर विभिन्न ब्रोकरको टिएमएसमा देखिएको समस्याले पनि बजार प्रभावित भएको हो ।
सोमबार नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड ७० लाख ६१ हजार ८ सय ७ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३१ करोड ११ लाख ४९ हजार ७ सय ३६ रुपैयाँ ८६ पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, सोमबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, गुडविल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्