Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको अनुरोध- ‘विज्ञका विश्लेषणका आधारमा लगानी नगर्नुस्’ 

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर बजारमा लगानी गर्दा यथार्थ बुझेर मात्र लगानी गर्न अनुरोध गरेको छ । 

एक सूचना जारी गर्दै नेप्सेले हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रुपमा दर्ता गर्ने वा मान्यता प्रदान नगरिएको भन्दै विज्ञका नाममा आउने विश्लेषणका आधारमा मात्रै लगानीको निर्णय नगर्न आग्रह गरेको हो । 

‘फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिन्छ ।’, नेप्सेको सूचनामा भनिएको छ, ‘त्यसैले यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न अनुरोध छ ।’ 

नेप्सेको यस्तो अनुरोधलाई सेयर लगानीकर्ताहरुले सेयर सचेतनामा नियामक निकायको सकारात्मक कदम भन्दै प्रशंसासमेत गरेका छन् । यस्तो छ नेप्सेले जारी गरेको सुचना: 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK