×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि दशैँका लागि सुकिला नोट साट्न पाइने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आजदेखि दशैँका लागि सुकिला नोट साट्न पाइने 

१३ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज (आइतबार) देखि दशैँका लागि सुकिला नोट साट्न पाइने भएको छ । राष्ट्र बैंकका अनुसार दशैँका लागि आजदेखि राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट सुकिला नोट साट्न पाइने भएको हो ।

यसवर्ष पनि राष्ट्र बैंकबाट सुकिला नोट साट्न चाहनेले १८ हजार ५ सय रुपैयाँसम्मको सुकिला नोट साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० का एकएक सेट हुने राष्ट्र बैंकले जनाएको छ । 

विगतका वर्षहरुमा राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै नयाँ नोट सटही सुविधा दिँदै आएको भए पनि यसवर्ष भने नयाँ नोटको साटो सुकिला नोट दिनेछ । 

अघिल्ला वर्ष छपाई भएका सुकिला नोट पर्याप्त रहेको भन्दै यसवर्ष राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला नोट दिन लागेको हो । सुकिला भए पनि नोटहरु सफा र नयाँजस्तै हुने राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, हरेक वर्ष नयाँ नोट छाप्दा साना दरका नोट व्यवस्थापनमा समस्या भएको भन्दै यसवर्ष नयाँको साटो प्रयोगमा आइसकेका सुकिला नोट साट्ने निर्णय गरेको हो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी