Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकले यसपाली नयाँ नोट नछाप्ने 

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपालीको दशैँ तिहारका लागि नयाँ नोट नछाप्ने भएको छ । हरेक वर्ष दशैँ तिहारलाई लक्षित गर्दै नयाँ नोट छाप्दै आएका राष्ट्र बैंकले यसपाली भने नयाँ नोट नछाप्ने भएको हो । 

हरेक वर्ष नयाँ नोट छाप्दा खर्च बढ्दै गएको भन्दै खर्च कम गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यसवर्ष नयाँ नोट नछाप्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको यस्तो निर्णयसँगै यसपालिको दशैँमा नयाँ नोट देख्न नपाइने भएको छ । बरु नयाँ नोटको सट्टा राष्ट्र बैंकले बजारबाट आएका सुकिला नोट वितरण गर्नेछ । अर्थात विगतका वर्षझैँ नागरिकहरुले पुराना नोट दिएर नयाँ नोटको साटो सुकिला नोट साट्न पाउनेछन् ।

यसअघि राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गर्दै आएको थियो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK