काठमाडौँ । नागढुंगा-नौबिसे सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा पुरिएको बसबाट थप ३ जनाको शब निकालिएको छ ।
अविरल परेको वर्षाका कारण झ्याप्ले खोलामा गएको पहिरोमा पुरिएको बसबाट उद्धारमा खटिएको प्रहरीले टोलीले ३ जनाको शव निकालेको हो ।
पहिरोमा पुरिएको अवस्थामा फेला परेका शब शुक्रबार गोरखादेखि काठमाडौँका लागि हिँडेर सम्पर्कविहीन भएको बसका यात्रु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि शवको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ ।
हाल पुरिएको बस निकाल्ने प्रयास भइरहेको छ । झ्याप्ले खोलामा गएको पहिरो पन्छ्याउने क्रममा बस पुरिएको अवस्थामा भेटिएको थियो । उक्त बसको समेत पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्