काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले ‘पठाओ दसैँ महोत्सव २०८१’ सुरू गरेको छ । महोत्सव असोज १७ गतेसम्म चल्ने पठाओ नेपालकी मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताएकी छिन् ।
महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरुले अधिक कमाई गर्न सक्ने कम्पनीले जनाएको छ । हमालकाअनुसार दशैं महोत्सव काठमाडौं उपत्यकामा मात्रै सञ्चालनमाा ल्याइएको हो । ‘पठाओले राइड सेयरिङ सुविधा अहिले नेपाल भर दिएको भए पनि यो महोत्सव काठमाडौँ उपत्यकाका लागि मात्र हो,’ उनले भनिन् ।
साथै, दैनिक १ प्रतिशत कमिसन अफर पनि भएकाले यो महोत्सव चालकहरूका लागि थप कमाई गर्ने राम्रो अवसर भएको हमालको भनाइ छ । उनका अनुसार, दैनिक १ प्रतिशत कमिसन अफरमा चालकहरूले दैनिक राइड लिँदै जाँदा अफिसलाई तिर्नु पर्ने कमिसन घट्दै जाने र दैनिक १ प्रतिशतसम्म पुग्नेछ ।
धेरै राइड वा डेलिभरी गर्नेमध्येबाट लक्की ड्रबाट तीनजना विजेता छनोट गरिने हमालले बताइन् । विजेताले राम्रो रेन्ज भएको होण्डा साइन १२५ सीसी मोटरसाइकल बम्पर उपहार पाउनेछन् ।
बम्पर उपहारको लक्की ड्रमा पर्नका लागि २१ दिन भित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोहरूले १७० भन्दा धेरै राइड या डेलिभरी, ७० प्रतिशत सिआर (कम्प्लेसन रेट) वा एसआर (सक्सेस रेट) पुरा गर्नुपर्नेछ ।
हालका लागि पठाओ राइडर बन्न इच्छुकहरूका लागि नि: शुल्क दर्ताको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्