×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

Artha Sarokar

३१ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेल प्रतिलिटर पाँच रुपैयाँ र पेट्रोल प्रतिलिटर चार रुपैयाँले घटेको हो ।
भारतीय आयल निगमबाट आईतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आइतबार राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा जनाएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको सोहि दिन बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो ।
मूल्य घटेसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४६ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजल तथा मट्टीतेल १४८ रुपैयाँ रहेको छ ।
काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।
निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी