×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई बैंकमा प्रकाश तामाङले खोले बैंक खाता 

LAXMI SUNRISE BANK
GLOBAL

दुई बैंकमा प्रकाश तामाङले खोले बैंक खाता 

१८ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रकाश तामाङ (काले)ले दुई बैंकमा खाता खोलेका छन् । नागरिकता पाएपछि प्रकाशले ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका हुन् । 

प्रकाशको घर नजिकै भएकाले ग्लोबल आइएमई बैंक र सरकारी भएकाले राष्ट्रिय वाणिज्य बैंकमा गरी दुई बैंकमा बैंक खाता खोलिएको सञ्चारकर्मी राजेश राईले जानकारी दिएका छन् । 

प्रकाशको सहयोगार्थ यसअघि नै बैंक खाता खोल्ने भनिए पनि नागरिकता नै नहुँदा बैंक खाता खोल्न असहज भएको तर हाल नागरिकता बनिसकेकोले बैंक खाता खोलिएको राईले बताएका छन् । अब देश तथा विदेशबाट प्रकाश तामाङलाई सहयोग गर्न चाहनेले सिधै प्रकाशको बैंक खातामार्फत सहयोग गर्न सक्ने राईको भनाई छ ।

चुम भ्यालीको कथा गर्ने क्रममा विद्या चापागाइँसहित ‘हेर्ने कथा’को टिमले प्रकाशलाई भेटेको थियो । त्यसपछि ‘हेर्ने कथा’ मार्फत प्रकाशको कथामा आधारित ‘हराएका वर्षहरु’ सार्वजनिक भएपछि प्रकाशको चर्चा चुलिएको थियो । ‘हराएका वर्षहरु’ हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत प्रकाशको नागरिकता बनाउने र उनलाई सहयोग गर्ने विषयमा चासो देखाएका थिए । 

अन्ततः प्रकाश तामाङले नागरिकता पाउनुका साथै बैंकमा खातासमेत खोलेका छन् । हाल प्रकाश तामाङको घर बनाइदिन पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितको टोलीले अभियान नै सञ्चालन गरेको छ भने काठमाडौँमा भएका भोजपुरे युवाहरुले प्रकाशको सहयोगार्थ र भोजपुरको सम्पाङ छाप्लेगाउँमा सम्मानित जीवन बाँच्ने वातावरण निर्माण गर्न अभियान चलाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी