×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीबारे छानबिन गर्न न्यायिक समितिको माग 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सहकारी ठगीबारे छानबिन गर्न न्यायिक समितिको माग 

Artha Sarokar

३० भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी छानविनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेका छन् । 

सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा सो समिति गठन गरेर ६/७ महिनाको समय दिएर सहकारी ठगीको छानविन गर्न उपयुक्त हुने सिंहले प्रस्ताव गरेका हुन् । 

आइतबार सङ्घीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सांसद सिंहले सहकारी ठगहरुको सम्पत्ति जफत गरेर भएपनि सरकारले पीडितहरुको रकम फिर्ता गर्नुपर्ने समेत बताएका छन् । उनले सहकारी ठगीमा रवि लामिछाने देखिएपनि त्यसमा बढी जिम्मेवार काँग्रेस-एमाले भएको जिकिरसमेत गरेका छन् । 

‘सहकारीबाट नेपाली जनताको करिब एक खर्ब भन्दा बढी पैसा अपचलन भएको छ । त्यो अपचलन कुनै रास्वपाले मात्रै गरेको छैन ।’, सांसद सिंहले भने, ‘वास्तवमा यसको न्यायिक छानबिन समिति गठन हुनुपर्थ्यो । संसदीय छानविन यसका लागि उपयुक्त होइन । किनकी ३० वर्षदेखि यो देशमा शासन नेपाली काँग्रेस र एमालेले गरेको छ र सहकारीमा पनि काँग्रेस र एमाले नै हो ।’ 

त्यस्तै, सांसद सिंहले काँग्रेस-एमालेले बढी सहकारीको पैसा प्रयोग गरेको भन्दै यसको अपचलनमा पनि उनीहरु नै बढी जिम्मेवार देखिएको तर्क गरेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी