काठमाडौँ । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम अन्तर्वार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ ।
बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले तीन जनाको नाम अन्तर्वार्ताका लागि ‘सर्टलिस्ट’ गरेको हो ।
सर्टलिस्टमा पर्नेमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्ण बहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी रहेका छन् ।
बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका उनीहरु तीनैजना माओवादी केन्द्रका ‘एसम्यान’का रुपमा चिनिन्छन् ।
सर्टलिस्टका परेकाहरुलाई सरकारले व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्