काठमाडौँ । पछिल्लो एक महिनामा सेयर धितो कर्जा लिनेहरु बढेका छन् । साउन महिनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेयर धितो कर्जा लिनेहरु बढेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनमा बैंक तथा वित्तीय संस्थाबाट ७१ अर्ब ६९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो कर्जा ५८ अर्ब ९० करोड रुपैयाँ प्रवाह भएको थियो ।
नयाँ सरकार गठन भएसँगै सेयर बजार निरन्तर बढ्दो अवस्थामा छ । योसँगै लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट ठूलो मात्रामा ऋण लिएर लगानी बढाइरहेका छन् ।
असार महिनामा सेयर धितो कर्जा ७० अर्ब ३४ करोड रुपैयाँ प्रवाह भएको थियो । त्यस्तै, जेठमा ६८ अर्ब ६२ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । यद्यपि यतिबेला सेयर बजार ओरालो गतिमा देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्