×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ५३.६३ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइतबार ५३.६३ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

१६ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनी ५२ करोड ३१ लाख १० हजार ४ सय ९२ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सुपर माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आजको बजारमा पिपुल्स हाइड्रोपावरसहित दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी