काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.३१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १७ कम्पनीको एक करोड ५४ लाख २८ हजार ७ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्बमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ३४ करोड ७३ लाख ६ हजार ८ सय ८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, एशियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्