Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा ५८.९३ अंकको पहिरो, सबै समुह राताम्य !

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०९ कम्पनीको एक करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा  ५ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड ४१ लाख ७६ हजार ७६. ७० कित्ता सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा अपर स्याँगे हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, हिमालयन हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK