Skip to content
LAXMI SUNRISE BANK

आइतबार २२.३६ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २७ कम्पनीको एक करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्बमाथिको सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १५ करोड ९२ लाख ३० हजार ८ सय २० रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजार सबैभन्दा धेरै नाफा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, अपर स्याँगे हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK