काठमाडौँ । सेयर बजार विश्लेषक सुवासचन्द्र ढुंगानाले बिहीबारको बजार बढोत्तरीले ‘बाउन्स ब्याक’को संकेत गरेको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै ढुंगानाले कारोबार रकममा केही सुधारसहित ७८.१७ अंकले बढेको बजारले ‘बाउन्स ब्याक’को संकेत गरेको बताएका हुन् ।
यद्यपि बजार पूर्ण रुपमा फर्कियो भन्नका लागि एक दिनको बढोत्तरी प्रयाप्त नहुने ढुंगानाको भनाई छ ।
‘एक दिनकै ट्रेडलाई हेरेर बजार फर्कियो भन्न गाह्रो हुन्छ । तर आजको बढाई र टर्नओभरले सिग्नलचाहिँ दिएको छ ।’, उनले भने, ‘बजार सपोर्ट लाइनबाटै फर्किन सुरु गरेको हो कि भन्ने संकेत देखिन्छ । कन्फर्म हुनको लागि अर्को ट्रेडिङ-डे कुर्नुपर्छ ।’ तर, कारोबार रकमले चाहिँ बजार पूर्ण रुपमा फर्कियो भन्ने संकेत नगर्ने ढुंगानाको भनाई छ ।
‘बजार फर्कियो भन्ने कन्फर्मेसनको लागि बजार ७८ अंकले बढ्दा कारोबार रकम १० अर्बमाथि हुनुपर्थ्यो ।’, उनले भने ।
यद्यपि निरन्तर घटिरहेको बजार पुनः लयमा फर्किँदा सुरुसुरुमा कारोबार रकम कम नै हुने भन्दै अर्को कारोबार दिनमा बजार आज (बिहीबार)को हाई (२६८८.५३) माथि नै रह्यो भने बजार फेरी उकालो यात्रामा लाग्यो भन्ने कन्फर्म हुने ढुंगानाले बताएका छन् ।
त्यस्तै, सेयर बजारमा असम्भव केही नहुने भएकाले ढुंगानाले एक दिन बजार बढ्दा अब घट्दैन भन्ने नहुने भन्दै आइतबारको कारोबारले बजार लयमा फर्किएको हो वा होइन भन्ने कन्फर्म गर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्