×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई महिनामा सेयर बजारबाट झण्डै ७ अर्ब राजश्व संकलन, बजार बढाउन आवश्यक कदम चाल्न सरकार तयार

LAXMI SUNRISE BANK
GLOBAL

दुई महिनामा सेयर बजारबाट झण्डै ७ अर्ब राजश्व संकलन, बजार बढाउन आवश्यक कदम चाल्न सरकार तयार

३ आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई महिनामा सेयर बजारबाट झण्डै ७ अर्ब राजश्व संकलन भएको बताएका छन् ।  बुधबार नेप्सेको कार्यलय पुगेका अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको दुई महिनामा सेयर बजारबाट ६ अर्ब ८० करोड बढी राजश्व संकलन भएको बताएका हुन् ।

उनले साउनमा ४ अर्ब २३ करोड रुपैयाँ र भदौमा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताएका थिए । अघिल्ला वर्षहरुमा वर्षभारीमा ५ अर्ब मात्र राजस्व संकलन हुने गरेको अर्थमन्त्रीले बताएका थिए ।

अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै सेयर बजारको सम्भावना, समस्या र समाधानका उपायका विषयमा सम्बन्धित संस्थाहरुभित्र र सार्वजनिक रुपमा पनि धेरै छलफल भईरहेको जनकारी दिएका थिए । त्यस्तै, राजनीतिक रुपमा अहिले सेयर बजार नघटेको भन्दै बजार बढाउन आवश्यक कदम चाल्न सरकार तयार रहेको उनले बताएका थिए । ‘सरकार पुँजी बजारको दिगो, भरपर्दो र विश्वसनीय विकासको पक्षमा छ ।’ उनले भने ।

उपप्रधानमन्त्री पौडेलले प्रविधिबारे अपडेट हुन टाइम बाउण्ड क्यालेण्डर बनाइ काम गर्न पनि सम्बन्धित सरोकारवाला निकायहरुलाई निर्देशन दिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी