काठमाडौँ । दशैँ तिहार नजिकिएसँगै यात्रुहरुले धमाधम हवाई टिकट बुकिङ गर्न थालेका छन् । दशैँको मुखमा टिकटको मूल्य अचाक्ली महँगिने डरले यात्रुहरुले अग्रिम टिकट बुकिङ गरेका हुन् ।
यसो त एयरलाइन्स कम्पनीहरुले दशैँ तिहार वा चाडपर्वलाई नै लक्षित गरेर अग्रिम टिकट बुकिङ खुलाउँदैनन् । तर, अनलाइनबाट सहज रुपमा टिकट बुक गर्न मिल्ने भएपछि यात्रुहरुले अहिलेदेखि नै दशैँका लागि टिकट बुकिङ गर्न सुरु गरेको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता मुरारीधर जोशीका अनुसार दशैँका लागि भन्दै अहिले दुर्गम गन्तव्यतर्फको हवाई यात्राका लागि टिकट बुकिङ गर्नेहरु धेरै छन् । यद्यपि अन्य गन्तव्यका लागि पनि अग्रिम टिकट बुकिङ भइरहेको जोशीले बताएका छन् ।
यता सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुला हुने बताइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्