काठमाडौँ । सबै सरकारी कार्यालयमा ट्रेड म्यानेजमेन्ट सिष्टम (टिएमएस) बन्द गर्न सरकारले निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली टिएमएस बन्द गर्न मातहतका मन्त्रालयलाई निर्देशन दिएको हो ।
कार्यालयमा समयमा सरकारी कर्मचारीहरु सेयर कारोबारमा व्यस्त हुँदा सेवा प्रभावित भएको भन्दै सरकारले सरकारी कार्यालयमा टिएमएस नचल्ने व्यवस्था गर्न भनेको हो ।
यसअघि सरकारी कार्यालयमा कर्मचारी कामै छोडेर सेयर किनबेचमा लाग्दा सेवा प्रभावित भएको र सास्ती भोग्नुपरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सोही उजुरीउपर छानबिन गर्दा अख्तियारले पनि कर्मचारीहरु सेयर कारोबारमा लाग्दा सेवा प्रभावित भएको निष्कर्ष निकालेको थियो ।
सोही निष्कर्ष अनुसार अख्तियारले सरकारी कार्यालयमा सेयर कारोबार गर्न रोक लगाउन भन्दै प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो । अख्तियारको सोही पत्रका आधारमा प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालय तथा सबै स्थानीय तहमा टिएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको मन्त्रालयका उच्च अधिकारीले बताएका छन् ।
योसँगै अब सरकारी कार्यालयमा कर्मचारीहरुले सेयर किनबेच गर्न प्रयोग गरिने प्रणाली टिएमएस चलाउन नपाउने भएका छन् । त्यस्तै, उक्त व्यवस्था कार्यान्वयनपश्चात अनुगमन पनि गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्