×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाइकोले दिएको ‘सिष्टम’ ह्याक, बनाउन खोज्दा अन्य टिएमएसमा पनि समस्या !

LAXMI SUNRISE BANK
GLOBAL

वाइकोले दिएको ‘सिष्टम’ ह्याक, बनाउन खोज्दा अन्य टिएमएसमा पनि समस्या !

३१ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाइकोले विभिन्न ब्रोकरलाई दिएको अकाउन्टिङ सफ्टवेयरमध्ये एक ब्रोकर कम्पनीलाई दिएको सफ्टवेयर ‘बोस’ ह्याक भएको छ । आइतबार ह्याकरले सो सफ्टवेयर ह्याक गरी बिट्क्वाइनमार्फत भुक्तानी मागेपछि सो ब्रोकरले वाइकोलाई सहयोग मागेको थियो । वाइकोले यसमा आफुले केही पनि गर्न नसक्ने जवाफ दिएपछि अहिले सो ब्रोकर समस्यामा छ । लगानीकर्ताबाट पाउने र दिनुपर्ने पैसाको हिसाब नै हराएपछि समस्यामा परेको सो ब्रोकरले बोस सफ्टवेयरमै समस्या रहेको दाबी गरेपछी वाइकोले आफ्नो सिष्टममा भएको कमी कमजोरी खोतलखातल गरिरहेको छ । सोही क्रममा आज विभिन्न ब्रोकर कम्पनीका टिएमएसमा पनि समस्या देखिएको छ ।

‘हाम्रो ब्रोकर कम्पनीको सफ्टवयेर ह्याक हुँदा लगानीकर्ताको सबै डाटा हराएको छ । ह्याकरले बिट्क्वाइन मार्फत भुक्तानी मागेपछी भुक्तानी गर्ने अवस्था पनि छैन ।’ ती ब्रोकरका कर्मचारीले भने ‘वाइकोको सबै सफ्टवेयर ह्याकरको निशानामा पर्ने देखियो । अब पनि सचेत नबन्ने हो भने पूरै सेयर बजारमा समस्या हुने देखिएको छ ।’

वाइकोका कर्मचारीले पनि आफ्नो कम्पनीले दिएको सफ्टवेयर ह्याक भएको स्वीकारेका छन् । कम्पनीका प्रमुख सम्पर्कमा नआएपछि अर्थ सरोकारले सम्पर्क गरेका ती कर्मचारीले टिएमएसमा नभई अकाउन्टिङ सफ्टवेयरमा ह्याकर प्रवेश गरेको र यश विषयमा थप काम भईरहेको जानकारी दिएका छन् ।

‘एउटा ब्रोकरको मात्र सफ्टवेयर ह्याक भएकोले वाइकोको समस्या नभई सम्बन्धित कम्पनीकै समस्या हो भन्ने प्रारम्भिक कुरा छ । तर फेरि पनि सफ्टवेयर दिने त हामी हौँ भनेर हेर्ने काम भईरहेको छ । यहि क्रममा केही टिएएस पनि चेक गरिएको छ । केही टिएमएसमा सोही कारण समस्यासमेत देखिएको छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी