Skip to content
LAXMI SUNRISE BANK

त्रिविको कुनै पनि परीक्षामा एआईको प्रयोग गरे परीक्षा रद्द हुने

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कुनै पनि परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ एआईको प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिविले एक सुचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कुनै पनि तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने जनाएको हो ।

असोज ७ गते बसेको त्रिविको बैठकले एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

प्रविधिको भर पर्दा विद्यार्थीमा पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यका साथ विद्यार्थीलाई सूचित गरिएको त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताए ।

परीक्षा हलमा अनुसाशन हिन क्रियाकलाप गर्ने, मोबाइलको प्रयोग गरेर उत्तर लेख्नेलगायतका गतिविधि बढ्न थालेपछि त्रिबिले यस्तो कदम चालेको छ ।

यस्तो छ सुचना:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK