Skip to content
LAXMI SUNRISE BANK

७० रुपैयाँले बढ्यो शुक्रबार अनारको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अनारको मूल्य बढेको छ । अनारको मूल्य ७० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ र भारतीय रातो आलु ५५ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १२२ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, बन्दा तराई ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ, रातो मुला २५, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ६०, मकै बोडी ६०, घिउ सिमी लोकल ७०, टाटे सिमी ६०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ५०, लौका ५०, लोकल परवर ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ४०, भिण्डी ३०, पिंडालू ५०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १०० र तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २००, कन्य च्याउ १८०, डल्ले च्याउ २००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली १००, चुकन्दर ६०, जिरीको साग ९०, सेलेरी ६००, पार्सले १२००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु १००, गुन्द्रुक २५०, अदुवा २१०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ६०, खुर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी १००, हरियो लसुन २८०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन ३००, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ४५०, अंगुर (कालो) ४५०, मौसम १००, जुनार २००, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, अम्बा १२०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ९० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK